प्रदेश नं. ७ (तत्कालिन सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने महाकाली अञ्चल), कञ्चनपुर जिल्लाको सदरमुकामको रुपमा भीमदत्त नगरपालिका राजधानी काठमाडौंबाट ७५० कि.मी. को दुरीमा रहेको छ । तत्कालिन महेन्द्रनगर पञ्चायतको रुपमा वि.सं. २०३४ सालमा भूजेला,सिद्धनाथ र आदर्श गाँउ पञ्चायतका सम्पुर्ण भाग तथा सुडा र ऐरी गाँउ पञ्चायतको आंशिक भू-भाग मिलाई गठन भएको हो । महेन्द्रनगर नामाकरण गर्नुपुर्व यसको बजार क्षेत्रलाई धुसुडी बजार भनिन्थ्यो । वि.सं. २०४७ सालको जनआन्दोलन पश्चात महेन्द्रनगर नगरपञ्चायत बाट नाम परिवर्तन गरी महेन्द्रनगर नगरपालिका बनाइयो र वि.सं. २०६५ साल कार्तिक २० गतेको नेपाल सरकार मन्त्रि परिषदको निर्णयानुसार (शहिद भीमदत्त पन्तको सम्मानस्वरुप उहाँको नाममा) यस नगरपालिकालाई भीमदत्त नगरपालिका नामाकरण गरियो ।


भौगोलिक स्थिती : सुदूरपश्चिम प्रदेश

जिल्ला : कञ्चनपुर

सिमाना पुर्व : वेदकोट नगरपालिका

पश्चिम : महाकाली नदी

उत्तर : डडेल्धुरा जिल्ला

दक्षिण : शुक्लाफाटा राष्ट्रिय निकुञ्ज

अवस्थिती : २८ डिग्रि १५ मिनेट उत्तर देखी २९ डिग्री ०८ मिनेट अक्षांश ८० डिग्रि ०६ मिनेट देखि ८० डिग्री १५.५ मिनेट पूर्व देशान्तर समुद्री सतहबाट १०० मी. देखी १००० मी.

कुल क्षेत्रफल : १७१.३४ वर्ग कि.मी. ( तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको वेभसाईटमा राखेको राज्यपुनर्संरचनाको प्रतिवेदन अनुरुप)